Global Force Media

२०८२ बैशाख १० - Wed Apr, 2025 -

दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारुकता आवश्यक रहेको बताएका छन् ।

आइतबार शीतल निवासमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको विकास र समृद्धिको उद्देश्य प्राप्तिका साथै दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा सरकारको तदारुकता आवश्यक रहेको बताए ।

उनले मुलुकमा उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो विकास हुने बताए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।

उनले आगामी दिनमा संविधानको मर्म र भावना बमोजिमका काम कारबाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको बताए ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले जनतालाई राजनीतिक परिवर्तनको अनुभूति गराउन सरकार गम्भीर रहेको बताए ।

उनले आर्थिक अवस्थामा देखापरेको असहज परिस्थीतिले परेको दबाब कम गर्न सरकारले प्रयास गरेको र केही उपलब्धि हासिल भएको उल्लेख गरे । सरकारले लिएको नीतिका कारण समयमा नै विद्यार्थीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउन सफल भएको, किसानलाई मल उपलब्ध गराइएको र मलको अभाव हुन नदिन पर्याप्त बजेट छुट्टाइएको उनले बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत सेवा प्रदान गरिएको, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत लिनका लागि घण्टौँ लाइन बस्नुपर्ने व्यवस्था अन्त्य गरिएको, मिटरब्याज समस्यालाई दिर्घकालीन समाधान गर्न पहलकदमी लिइएको जानकारी दिए ।

देशभित्र लगानी वृद्धि र समृद्धि सुशासन तथा सामाजिक न्यायको लक्ष्य पुरा गर्न थप मेहनतका साथ वर्तमान सरकार अघि बढेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np