Global Force Media

२०८२ बैशाख १० - Wed Apr, 2025 -

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट वार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न सोमबार प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ ।

उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार आजको बैठकको मूल एजेन्डा संक्रमणकालीन न्यायकै विषयवस्तु रहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np