Global Force Media

२०८३ बैशाख ५ - Sat Apr, 2026 -

राप्रपाको मूल आन्दोलन समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल आन्दोलन समितिको बैठक जारी छ । राजधानीको एक प्यालेसमा जारी बैठकमा राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डालाई लिएर थप आन्दोलन घोषणा गर्ने बताइएको छ ।

राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय लिएको थियो ।

त्यसअघि घोषणा भएका आन्दोलनका कार्यक्रम गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै राप्रपाले स्थगित गरेको थियो ।

‘आजको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ,’ प्रवक्ता मोहन कुमार श्रेष्ठले भने ।

आन्दोलनसँगै पार्टीका अन्य गतिविधि अघि बढाइने राप्रपाले बताएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np