Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

१५ गतेको प्रदर्शनका लागि समाजवादी मोर्चाले तय गर्‍यो तीन रुट

काठमाडौं । समाजवादी मोर्चाले आगामी १५ गते काठमाडौंको भृकुटिमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ ।

बुधबार दिउँसो बसेको समाजवादी मोर्चाको १२ औं केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

उक्त सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको उनले बताए ।

‘१५ गतेको समाजवादी मोर्चाले गर्न लागेको विशाल विरोध प्रदर्शन र सभा कार्यक्रमलाई व्यवस्थित गर्ने भएको छ,’ उनले भने, ‘मास हजारौं संख्यामा उपस्थित गराउने निर्णय भएको छ ।’

त्यस्तै, गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान पनि भएको उनले बताए ।

जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको उनले बताए ।

कुन कुन रुट प्रयोग गरिन्छ ?
रुट–१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकटिमण्डप
रुट–२ : कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकटिमण्डप
रुट–३ : नागपोखरी–पुतलीसडक–भृकुटिमण्डप

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np