Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

म्यानमारमा शक्तिशाली भूकम्प, बैंककसम्म धक्का

काठमाडौं । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार, शुक्रबार बिहान म्यानमारमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको र यसको स्थान २१.९० डिग्री उत्तर अक्षांश र ९५.६५ डिग्री पूर्व देशान्तरमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा सयौं मानिसहरू भवनबाट बाहिर निस्किएका थिए ।

बैंककमा प्रत्यक्षदर्शीहरूका अनुसार, मानिसहरू आतंकित हुँदै सडकमा निस्किए छन् ।

भूकम्पपछि म्यानमारमा तत्काल कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np