Global Force Media

२०८२ फाल्गुन २६ - Tue Mar, 2026 -

क्रान्तिकारी कम्युनिस्ट पार्टीको अपिल : राजावादी अराजकताविरुद्ध एक हौं

काठमडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशमा गणतन्त्रविरुद्ध अराजक क्रियाकलाप भएको बताउँदै त्यसकाविरुद्ध एक हुन अपिल गरेको छ ।

राजावादीहरुले तीनकुनेमा शुक्रबार २ जनाको मृत्यु हुने गरी गरेको आगजनी, तोडफोड र लुटपाटसहित प्रदर्शको विरोधमा वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबैलाई त्यसका विरुद्ध एक हुन आह्वान गरेको हो ।

‘विद्यमान र आसन्न संकटपूर्ण स्थितिको समाधान प्रतिगमन र यथास्थिति दुवै होइन, अग्रगमन तथा आमूल परिवर्तन हो, अर्थात् जनगणतन्त्रको स्थापना हो’, वक्तव्यमा भनिएको छ, ‘यसका लागि प्रतिगामीहरुको उक्साहट र यथास्थितिवादीहरुको भ्रमबाट मुक्त भई अग्रगमनका लागि साथदिन हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी शक्ति तथा व्यक्तित्वलाई हार्दिक आग्रह गर्दछ । ’

राजावादीहरुले तीनकुने क्षेत्रमा शुक्रबार गराएको घटनाको पार्टीले भत्र्सनासमेत गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np