Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

नवराज सुवेदीको घरमा प्रहरी तैनाथ, भेटघाटमा रोक

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी तैनाथ छ ।

शुक्रबार रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो ।

प्रहरी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको हो । उनलाई कोहीसँग पनि भेटघाट गर्न दिइएको छैन ।

‘केही अत्यावश्यक परेको खण्डमा माथिबाट निर्देशन आएपछि मात्रै भेटघाट दिन्छौं,’ स्रोतले भन्यो, ‘अहिले उहाँसँग कसैलाई भेट्न दिएको छैन ।’

अहिले पनि उनको घर वरपर प्रहरीले निगरानी राखिरहेको छ ।

शुक्रबार दिउँसो तीनकुनेमा भएको हिंसात्मक आन्दोलन समितिको संयोजक उनै सुवेदी थिए भने कमाण्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थिए ।

सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् ।

शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनकारीहरू उग्र बनेपछि दुई जनाको ज्यान गएको थियो ।

उनीहरूले निजी सम्पत्ति, सरकारी कार्यालय, गाडी, सञ्चारगृहका भवन लगायतमा ठूलो तोडफोड गरेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np