Global Force Media

२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

राहुल र स्टब्सको शतकीय साझेदारी, दिल्लीको अपराजित यात्रा कायमै

काठमाडौं । केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टिम हो ।

बेंगलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले अविजित ९३ रनको पारी खेले । ट्रिस्टन स्टब्सले अविजित ३८ रन बनाए ।

५८ रनमा ४ विकेट गुमेपछि राहुल र स्टब्स मिलेर १११ रनको शतकीय साझेदारी गर्दै जित दिलाए । बेंगलुरुका भुवनेश्वर कुमारले २ विकेट लिँदा यश दयाल र सुयाश शर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । फिल साल्टले सर्वाधिक ३७ तथा टिम डेभिडले अविजित ३७ रन बनाए । कप्तान रजत पाटिदारले २५ तथा विराट कोहलीले २२ रन बनाए ।

३ ओभरमै ५० रन पुर्‍याएको बेंगलुरुले त्यसपछि फिल साल्टको वसकेट गुम्दा लय गुमाएको थियो भने पावरप्लेमा ६४-२ को अवस्थामा भएपनि बलियो योगफल भने खडा गर्न सकेन ।

दिल्लीका लागि विपराज निगम र कूलदीप यादवले २-२ तथा मुकेश कुमार र मोहित शर्माले १-१ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ४ जितसहित ८ अंक भएको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा यथावत् छ भने ५ खेलमा ६ अंक भएको बेंगलुरु तेस्रो स्थानमा यथावत् छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np