काउली र घिरौंलाको भाउ किलोमा १० रुपैयाँले घट्यो

काठमाडौं । आज थोरै तरकारीको मूल्य घटेको छ ।
स्थानीय काउली, घिरौंला र लोकल काँक्राको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार आज स्थानीय काउली किलोमा १० रुपैयाँले घटेको छ । शनिबार ३५ रुपैयाँमा कारोबार भएको काउली आज २५ मा झरेको छ ।
आज घिरौंलाको मूल्य पनि किलोमा १० रुपैयाँले नै घटेको छ । शनिबार ६५ रुपैयाँ किलोमा बिक्री भएको घिरौंलाको मूल्य आज ५५ तोकिएको छ । आज लोकल काँक्राको मूल्य पनि घटेको छ । १०५ बाट घटेर ९५ मा कारोबार भइरहेको छ ।



