Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस्, अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस् भनेर कामना गरेका छन् । साथै उनले अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् भनेर पनि कामना गरेका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले सो कामना गरेका हुन् ।

देशमा सुशासन र समृद्धिको ढोका खुलोस् भनेर पनि भट्टराईले शुभकामना दिएका छन् ।

भट्टराईले भनेका छन्, ‘नयाँ वर्षले नेपाली जनतालाई सबै खाले राजा र रजौटाहरूबाट मुक्ति देओस् । अग्रगामी वैकल्पिक शक्तिहरू फस्टाउन् । देशमा सुशासन र समृद्धिको ढोका खुलोस् । नयाँ बर्ष २०८२ वि.सं.को सबैमा हार्दिक शुभकामना !’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np