Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

युद्धविरामको बदलामा हतियार त्याग्ने इजरायलको प्रस्ताव हमासद्वारा अस्वीकार

काठमाडौं । इजरायलले युद्धविरामको बदलामा हतियार त्याग्न गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलले आफूले गाजा क्षेत्रमा ६ हप्ता युद्धविराम गर्ने र त्यसको बदलामा हमासले हतियार त्याग्नुपर्ने प्रस्ताव राखेको थियो ।

तर एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले हमासले युद्धविरामका लागि राखेको उक्त प्रस्ताव हमासले अस्वीकार गरेको जानकारी दिएको बीबीसीले जनाएको छ । हमासका अनुसार इजरायलले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नजनाएकाले उक्त प्रस्ताव अस्वीकार गरिएको हो ।

हमासका प्रमुख मागबारे पनि सम्बोधन भएको छैन । जबकी यसको बदलामा हमासको कैदमा रहेका आधा बन्धकलाई मुक्त गरिएको थियो ।

गाजा क्षेत्रमा इजरायलको सैन्य कारबाही जारी रहेका बेला सर्तसहितको युद्धविराम प्रस्ताव सार्वजनिक भएको थियो । हालै गाजाको युनिसखानको एक अस्पतालमा आक्रमण भएको थियो । सो आक्रमणमा एक सुरक्षागार्ड मारिनुका साथै ९ जना घाइते भएका थिए । तर इजरायली सेनाले सो आक्रमणमा हमासका एक नेता मारेको दाबी गरेको थियो ।

यसबीच संयुक्त राष्ट्र संघले जारी युद्धका कारण गाजामा मानवीय संकट अत्यन्तै खराब स्थितिमा पुगेको जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np