Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन्।

काठमाडौंमा मंगलबार बौद्धिक पेशाकर्मी अभियानले गरेको कार्यक्रममा महामन्त्री थापाले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको बताएका हुन्।

उनले विचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए।

‘म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म हुने भयो । नेतृत्वको बेडरूमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले भने।

राष्ट्र बैंकको गभर्नर बनाउन पनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुल्ला बहस हुने गरेको उनले बताए।

‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ?,’ उनले भने। -न्युज एजेन्सी नेपाल

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np