Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

धवललाई उपचारका लागि छाड्ने तयारी

काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ ।

उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

‘अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो,’ गृह स्रोतले भन्यो, ‘लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

मिश्र भने हिरासतमै छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np