Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

शिक्षक आन्दोलनप्रति रामकुमारी झाँक्रीको टिप्पणी– रमिता बढी भयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले शिक्षक तथा कर्मचारीहरुले सडकमा रमिता देखाएको टिप्पणी गरेकी छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुलाई झाँक्रीले प्रश्न गरेकी छन्, ‘के ऐन सडकबाट पास हुने हो र ?

शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउन आफूले प्रयास गरेको तर शिक्षकहरुले संवाद नै नगर्ने भनेको झाँक्रीको भनाइ छ ।

‘उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिले नै पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौं भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?’ उनले फेसबुकमार्फत् सोधेकी छन्, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ?भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विधार्थीको भविश्य अन्यौल बनाउन नमिल्ने उनले बताएकी छन् ।

निजी स्कूलले धमाधम भर्ना  गरेर  कक्षा चलाउन लागिसकेको भन्दै उनले प्रश्न गरेकी छन्,  ‘यहाँहरूले  पढाएका कयौं विद्यालयको बीएलईको रिजल्ट शून्य छ । के यो विषयमा चिन्तित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ ?’

उनले शिक्षा विधेयक संसदीय समितिमा छलफलमा भएको भन्दै उनले समितिले पास गरेपछि संसदमा जाने र पास हुने फेसबुकमा उल्लेख गरेकी छन् । त्यसैले विद्यालयमा फर्किन उनले शिक्षकहरुलाई अनुरोध गरेकी छन् ।

उनले लेखेकी छन्, ‘ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ । सरोकारवाला सबैको चासो पनि छ । शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किनभने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ, ।’

झाँक्रीले थप लेखेकी छन्, ‘विधेयक समितिमा दफावार छलफलमा छ । विधेयक संशोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ । समितिले पास गरेपछि हाउसमा जान्छ । सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ । सर/मेडमहरू अब विधालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसदलाई विश्वास गर्नुस् ।’

उनले दलका अन्य नेताहरुलाई शिक्षक तथा कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धताको रमिता नगर्न समेत भनेकी छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np