Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

माओवादीको जागरण अभियान दुई महिनापछि वैशाख १७ मा कञ्चनपुर पुगेर टुंग्याइँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान वैशाख १७ गते टुंग्याउने भएको छ ।

झापाको कचनकवलबाट फागुन १२ गते सुरु भएको अभियान कञ्चनपुर पुगेर दुई महिनापछि टुंग्याउन लागेको हो ।

झापादेखि सुरु भएको अभियान वैशाख १७ गते कञ्चनपुर पुगेर टुंग्याउने सचिव हितराज पाण्डेले बताए। उनका अनुसार अभियान अब तीन जिल्लामा मात्रै बाँकी छ ।

तराई-मधेश जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उनले बताए । अभियानमा जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरेकाले संगठनलाई थप मजबुत बनाएको उनको बुझाइ छ।

अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरूको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरूलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np