Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

डोनाल्ड ट्रम्पले यो साता तीन वटा खाडी मुलुकको भ्रमण गर्ने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता तीन वटा खाडी मुलुकको भ्रमण गर्ने भएका छन्। उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्न लागेका हुन्।

मंगलबार साउदी अरबबाट भ्रमण सुरू हुने अमेरिकी मिडिया सिएनएनले जनाएको छ। साउदी अरबबाट कतार र त्यहाँबाट संयुक्त अरब इमिरेट्स युएई को भ्रमण गरी ट्रम्प मे १६ मा फर्कने सिएनएनले जनाएको छ।

ट्रम्पले भ्रमण गर्न लागेका यी तीनै ऊर्जा समृद्ध राष्ट्र हुन्। यी तीनै देशले गजा, युक्रेन र इरानजस्ता ट्रम्पले समाधान गर्न चाहेका द्वन्द्वहरूमा मध्यस्थकर्ताको भूमिका खेलेका छन्। अमेरिकामा यी देशले ठूलो लगानीसमेत गरेका छन्।

साउदीमा ट्रम्पले खाडी सहयोग परिषद्का ६ मुलुकका नेताहरूसँग शिखर सम्मेलन आयोजना गर्नेछन्। जसमा द्वीपक्षीय मुद्दाहरू, लगानी, हतियार विक्री र आर्टिफिसियल इन्टेलिजेन्स सहकार्यमा केन्द्रित हुने सिएनएनले जनाएको छ। कतार भ्रमणमा सिरियाको मुद्दालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। युएईसँग पनि प्रविधि र व्यापारसम्बन्धी छलफल र सहमति हुने बताइएको छ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np