Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

विरोधका लागि विरोध मात्रै नगर्न सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रह

काठमाडौं । मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन् । उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै विरोधका लागि विरोध मात्रै नगर्न सचेत पनि गराए ।

‘तपाईंहरू सबैले आलोचना गर्नुस् हामीलाई । हाम्रा कुराहरु खण्डन हुनसक्छ । खण्डन हुनसक्छ । त्यो हामी स्वीकार्न तयार छौँ । कहाँ बिग्रियो त्यो भन्नुहोला । देशको हितमा, यो क्षेत्रको हितमा । जनताको हितमा कहाँ भएन लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला, उनले भने, हामी स्वीकार्न तयार छौँ । विरोधका लागि विरोध गर्ने भाष्य विकास भइरहेको छ ।

त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानुन मान्नैपर्ने उनले बताए ।

‘मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ । यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरू छन् । त्यसको प्रयोग जसले गरिरहेको छ । त्यसले नेपालको संविधान मान्नुपर्ने की नपर्ने नेपालको कानून मान्नुपर्ने की नपर्ने तपाईंहरु सबैले नेपालको कानून मान्नुपर्छ । मैले पर्छ, प्रधानमन्त्रीज्युले पर्छ । राष्ट्रपतिज्युले मान्नुपर्छ । अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा । त्यसको पक्षमा हामी किन लागिरहेका छौँ । त्यसको नियमन जरुरी छ । मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने पनि बताएका छन् ।

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np