Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

आर्थिक बर्ष ०८०/ ०८१ मा पनि महाभारत गाउँपालिकाको बेरुजु शून्य

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । आर्थिक बर्ष ०८०/ ०८१ मा एक अर्ब २७ करोड ९४ लाख ५५ हजारको लेखापरीक्षण गरेकोमा बेरुजु शुन्य भएको हो ।

प्रतिशतको आधारमा जिल्लामा सबैभन्दा बढी बेरुजु खानी खोला गाउँपालिकाको रहेको छ । उक्त गाउँपालिकाको एक अर्ब २ करोड ७६ लाख ३६ हजारको लेखा परीक्षण गरेकोमा चार करोड ६१ लाख ५० हजार बेरुजु भएको छ । महालेखापरीक्षको प्रतिवेदनअनुसार ४ दशमलव ४९ प्रतिशत बेरुजु भएको हो ।

यस्तै, मण्डनदेउपुर नगरपालिकाको बेरुजु प्रतिशत ० दशलव ०९ प्रतिशतरहेको छ । आर्थिक बर्ष ०८०÷०८१ मा एक अर्ब ७८ करोड ५ लाख १८ हजारको लेखापरीक्षण गरेकोमा १६ लाख ६९ हजार बेरुजु रहेको छ ।

धुलिखेल नगरपालिकाको ० दशमलव २५ प्रतिशत अर्थात ४४ लाख ३२ हजार बेरुजु, पनौती नगरपालिकाको ० दशमलव ३९ प्रतिशत अर्थात एक करोड ४ लाख ९९ हजार, भुम्लु गाउँपालिकाको ० दशमलव ८६ प्रतिशत अर्थात एक करोड २२ लाख ७ हजार, चौरी देउराली गाउँपालिकाको १ प्रतिशत अर्थात एक करोड ३५ लाख ७४ हजार, तेमाल गाउँपालिकाको १ दशमलव १२ प्रतिशत अर्थात एक करोड ४१ लाख ३१ हजार बेरुजु रहेको छ ।

प्रतिवेदन अनुसार पाँचखाल नगरपालिकाको १ दशमलव ३५ प्रतिशत अर्थात २ करोड ३५ लाख ७७हजार, बेथानचोक गाउँपालिका १ दशमलव ७५ प्रतिशत अर्थात २ करोड ४६ लाख १० हजार, रोशी गाउँपालिकाको २ दशमलव २० प्रतिशत अर्थात ३ करोड ८१ लाख ४ हजार, बनेपा नगरपालिकाको २ दशमलव २२ प्रतिशत अर्थात ५ करोड ९४ लाख ६३ हजार र नमोबुद्ध नगरपालिकाको २ दशमलव ६० प्रतिशत अर्थात ४ करोड ४९ हजार १८ हजार बेरुजु देखाएको छ ।

समग्रमा हेर्दा काभ्रेपलाञ्चोक जिल्लाको पालिकाहरूले गतबर्षको तुलनामा बेरुजु रकम घटाएका छन् । महाभारत गाउँपालिकाको बेरुजु आर्थिक बर्ष ०७९/०८० मा पनि शून्य रहेको थियो ।

नयाँ पत्रिका

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np