Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

आज उच्च –पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना

काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा गएराति र बिहान वर्षा भएको छ । कोशी प्रदेशमा अहिले पनि पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको तीन घण्टामा मोरङको हरैचामा सबैभन्दा धेरै ४० दशमलव ४ मिलिमिटर वर्षाको मापन भएको छ । यस्तै धनकुटा, झापा, इलाम, सुनसरी, खोटाङ, ताप्लेजुङ लगायतका ठाउँमा पानी परेको छ ।

आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकाको तापक्रम ३०–३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको छ । तराईका केही ठाउँको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np