Global Force Media

२०८२ असार २ - Mon Jun, 2025 -

इसेवाको सिस्टममा समस्या, कारोबार ठप्प

काठमाडौं । मोबाइल वालेट सर्भिस प्रोभाइडर इसेवाको सिस्टममा समस्या देखिएको छ । सोमबार साँझबाट इसेवाको सिस्टममा समस्या देखिएको हो ।

इसेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुने लगायतका समस्या देखिएका छन् ।

सिस्टममा समस्या देखिएसँगै कारोबार ठप्प हुँदा सेवाग्राही भने समस्यामा परेका छन् । मोबाइल वालेटमा गरिएको कारोबार देखाएको छैन ।

एफ वान सफ्टले निर्माण गरेको इसेवामा समस्या आएपछि ह्याकिङ भएकोसमेत आशङ्का गरिएको छ ।

केही दिनअघि एफ वान सफ्टको बैङ्क खाता नै ह्याक भएको थियो । कम्पनीले सिटिजन्स बैंकमा राखेको रकम ह्याकरले झिकेर लगेको थियो । ह्याकरको समूहले एफ वान सफ्टको अन्य सिस्टममा पनि प्रवेश पाएको आशङ्का गरिएको छ ।

एफ वान सफ्ट प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको कम्पनीको हो ।

अपडेट : इसेवाको सर्भिस साँझ ७ः४५ बाट सुचारु भएको छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np