Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

पूर्वमुख्यमन्त्री पौडेलले गरे आगामी चुनावमा नउठ्ने घोषणा

मकवानपुर । बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् ।

बागमती प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका पौडेलले आगामी मंसिर ४ गते हुने चुनावमा आफ्नो उम्मेदवारी नरहने फेसबुक पेजमार्फत घोषणा गरेका हुन् ।

युवा पुस्तालाई नेतृत्वको अवसर दिनु पर्ने भन्दै उनले आफू इच्छुक नभएको बताएका हुन् । नाति पुस्ताले समेत मुलुकको नेतृत्व हाँक्ने भइसकेकाले अब आफू चुनाव नलड्ने इकागजसँगको प्रतिक्रियामा उनले बताए ।

दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएको उनको भनाइ छ ।

अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरू एकजुट भएर लागि परेका उनले टिप्पणी गरेका छन् ।

यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका व्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ, पौडेलले फेसबुकमा लेखेका छन्, सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालहरूमा आगामी निर्वाचनका संभावित उम्मेदवारहरूका बारेमा चर्चा परिचर्चा पनि सुरू भइसकेको छ, त्यही क्रममा मेरो नाम जोडेर पनि केही चर्चा हुने गरेको छ ।

उनले सञ्चार माध्यमले भनेजस्तो आफू इच्छुक नभएको बताएका छन् । राजनीति लहड, रहर र दबाब मात्रैले राजनीति नचल्ने उनको धारणा छ । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडीहरूका आधारमा उम्मेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ आफ्नो ५० औं वर्षको राजनीतिक अनुभवले बताएको पौडेलले सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा उल्लेख गरे ।

उनले समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई पार्टीले नजरअन्दाज गर्न नमिल्ने बताए । उनले स्टाटसमा लेखेका छन्, त्यसैले आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु ।

उनले लेखेका छन्, यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ, दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् ।

उनले आफ्नो जिम्मेवारी नेकपा एमालेको उम्मेदवारलाई विजयी गराउनमा रहने पनि उल्लेख गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np