Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक  बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा  बस्ने तय छ । सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा क्रियाशील सदस्यता साथै नवीकरणको अवस्थाबारे महामन्त्री गगन थापाले जानकारी गराउने कार्यसूची छ । त्यस्तै बजेट एवं समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउपछि भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको नाम मुछिनुका साथै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पार्टीभित्रै र बाहिरबाट कुरा उठिरहेको बेला यो विषयमा गम्भीरताका साथ  छलफल हुने एक नेताले बताएका छन ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np