Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

गौर हत्याकाण्ड राजनीतिक घटना भएकोले राजनीतिक शक्तिहरूबाटै समाधान खोज्नुपर्छ: जसपा नेपाल

जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्ड राजनीतिक घटना भएको र राजनीतिक शक्तिहरूबाटै यसमा समाधान खोज्नुपर्ने बताएको छ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले बुधबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक शक्तिहरूबाट समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

‘यो राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोजिनु पर्ने हुँदाहुँदै, आम सञ्चार माध्यममा भनिएअनुसार यसमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको परमादेशको आदेश अनुसार पुनः निष्पक्ष, विश्वसनीय एवम् वस्तुपरक रुपमा अनुसन्धान हुने भएमा पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेकोतर्फ आफ्नो अधिकार प्राप्तीका लागि सँधै सङ्घर्षरत रहँदै आउनुभएका सम्पूर्ण मधेसी अधिकारकर्मी, पार्टीपंक्ति, नेपाली दाजुभाइ दिदी-बहिनी तथा दलसँग आबद्ध नेता कार्यकर्ता र शुभेच्छुक, शुभचिन्तकहरू सबैमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सर्वोच्च अदालतले भदौ २ गते गौर हत्याकाण्डको अनुसन्धान गर्न परमादेश जारी गरेको छ।

गौर हत्याकाण्डमा अध्यक्ष उपेन्द्र यादवसहित १३० जना विरूद्ध उजुरी परेको थियो।

जसपा नेपालले भने पूर्णपाठ वा संक्षिप्त आदेश नआउँदै अध्यक्ष यादवलाई पूर्वाग्राहीपूर्वक समाचारमा जोडेको भन्दै भर्त्सना समेत गरेको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np