Global Force Media

२०८३ जेष्ठ ११ - Mon May, 2026 -

झलनाथ लक्षित माधवको टिप्पणी केपी ओलीको सेवा गरेर बसे हुन्छ

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल लक्षित फेरि अर्को टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रममा नेपालले पार्टीको निर्णय पार्टीको पक्षमा पार्टीको प्रतिष्ठा बढाउन, पार्टीको हितको रक्षा गर्न, अनुशासनको पालना गर्नका लागि भएको प्रष्ट्याए ।‘

मिडियामा जाने, पार्टीको बदख्वाईँ गर्ने, मिडियामा जाने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो विद्रोह नै ठीक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्यो नि,’– उनले भने

उनले आफूहरू एमालेबाट छुट्टिने आँट गरेर ठिक गरेको जिकिर गरे ।

नेपालले थपे, ‘ हामीले ठिक गर्‍यौं, आँट गर्‍यौं । र, पहिलो गाँसमा ढुंगो हैन, सुनको सिक्का पायौं । संविधान मिच्ने, उल्लंघन गर्ने गलत परम्परा बसाल्ने काम भइरहेको थियो । यसको विरुद्ध विद्रोह गर्‍यौं, खुलेआम सडकमा आयौं, अदालत पनि गयौं, मुद्दा पनि दियौं राजनीतिक लडाइँ पनि लड्यौं । सबै लडाइँमा जित्यौं ।’

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np