Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

जेनजी आन्दोलनका घाइतेहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले गरीन ४ घन्टाभन्दा बढी छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेसँग मंगलबार बालुवाटारमा ४ घन्टाभन्दा बढी छलफल गरेकी छन्।

बिहान साढे १० बजे सुरू भएको छलफल केही बेरअघि मात्र सकिएको थियो।

छलफलमा घाइतेहरूले भ्रष्टाचारी र आन्दोलन दमन गर्नेहरूविरूद्ध कठोर ढंगले प्रस्तुत हुन सरकारलाई सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा ओर्लिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

घाइते रूपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले ुक्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्नेु बतायो।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरूद्ध हामीले आन्दोलन गरेका थियौं, उनीहरूलाई तत्काल पक्राउ गर्न सरकारलाई केले छेकेको छरु नियमले छेक्यो कि कानुन र संविधानले छेक्योरु जहाँ बाधा छ, त्यहीँबाट फुकाउन सुरू गरौं।

‘तपाईंहरू चुनाव चुनाव मात्र भनिरहनुभएको छ। के २०८४ को चुनाव २०८२ मा सार्नलाई मात्र यो सरकार आएको हो? घाइते प्रतिनिधिहरूको प्रश्न थियो।

छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए।

प्रधानमन्त्री कार्कीले आफूहरू जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्दै कानुनी रूपमा तल नपर्ने गरी आन्दोलनको म्यान्डेटअनुसार चल्ने बताइन्।

चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आ-आफ्नो ठाउँबाट काम गरिरहेका छन्। तपाईंहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले के–के बोलिरहेका छन्, सुन्नुभएकै होला, उनले भनिन्।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np