उम्मेदवारी दर्ता गर्न नेकपा ( एमाले )का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

काठमाडौं,। आसन्न प्रतिनिधिसभा निर्वाचनमा मनोनयन दर्ता गर्न नेकपा ( एमाले )का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । उनी झापा–५ बाट उम्मेदवारी मनोनयन गर्न त्यसतर्फ जान लागेका हुन् ।
झापा–बाट उम्मेदवारी दर्ताका लागि उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम छ। त्यपछि भद्रपुरमै क्षेत्र नं. १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने छन्। यसैगरी ३ नं. क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ ।
क्षेत्र नं. २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं. ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने छन्। आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने छन् । अध्यक्ष ओलीले जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।



