Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

नेपाली राजनीतिक आन्दोलनलाई राष्ट्रहित र जनताको जीवनसँग जोड्नलाई रास्वपा छाडेँःसन्तोष परियार

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेको छन् । नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित र जनताको जीवनसँग जोड्नलाई फरकखालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण राजीनामा दिएको परियारले बताएका छन् ।

‘बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु,’– उनले भनेका छन् ।

नेता परियारले नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको रास्वपाको विचार निर्माण गर्न नसकिएकोप्रति आफू दुःखी रहेको पनि उनले बताएका छन् । गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको र आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको उनले उल्लेख गरेका छन्।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np