Global Force Media

२०८२ फाल्गुन २६ - Tue Mar, 2026 -

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना

काठमाण्डौ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको हिजो बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

आयोगले चुनावको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्नका लागि हरेक चुनावअघि आचारसंहिता ल्याउँछ । यस पटकको आचारसंहितामा केही नयाँ र महत्त्वपूर्ण व्यवस्थाहरू समावेश गरिएका छन् ।

कृत्रिमम बुद्धिमत्ता एआई को प्रयोग गरेर चुनावलाई प्रभाव पार्ने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गर्न, दुष्प्रचार गर्न वा घृणापूर्ण भाषण गर्न निषेध गरिएको छ । सामाजिक सञ्जालमा एआईको प्रयोग गरि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सामग्री पोस्ट, रिपोस्ट वा शेयर गर्न पनि रोक लगाइएको छ ।

यस्तै हरित चुनावको अवधारणालाई प्राथमिकता दिइएको छ । वातावरणमैत्री सामग्रीको प्रयोगलाई जोड दिइएको र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कडाइ गरेको छ ।

आचारसंहितामा सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कडा नियम तय गरिएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

चुनाव खर्चको पारदर्शितामा समेत जोड दिइएको छ । उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा चुनावमा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने अधिकार अयोगसँग छ । आचारसंहिता कहिलेदेखि लागू हुने भन्ने निर्णय भने आयोगले गर्न बाँकी छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np