Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु,श्रीमान् गम्भीर घाइते

भक्तपुर, । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np