Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगे:कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौं,। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । विहान पार्टीका नेता शेखर कोइरालालाई भेटेका देउवा लगत्तै शीतल निवास गएका हुन् । देउवा र राष्ट्रपति पौडेलबीचको भेट पार्टीको आन्तरिक विषय रहेको बताइएको छ ।

विशेष महाधिवेशन आह्वानका कारण कांग्रेस दुई कित्तामा उभिइरहेको बेलामा देउवाले राष्ट्रपति पौडेललाई भेट्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा छन् । विशेष महाधिवेशन पक्षधरले भोलि पुस २७ र २८ गते का लागि विशेष महाधिवेशनको आह्वान गरेका छन् । महामन्त्रीद्वय शर्मा र थापा विशेष महाधिवेशनको अडानबाट टसमस नभएको अवस्थामा देउवा निकै शंकटमा देखिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np