Global Force Media

२०८२ फाल्गुन २७ - Wed Mar, 2026 -

नेपालसहित ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने अमेरिकाको निर्णय

काठमाडौँ । अमेरिकाले ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णयमा नेपाल पनि परेको छ ।

मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, निर्णय नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप हो र अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीका भिसा स्थगित गर्ने निर्णय भएको हो ।

अमेरिकाले यसअघि ४० देशका लागि लगाएको अध्यागमन र यात्रा प्रतिबन्धकै निरन्तरतामा थप ७५ देश पनि जोडेको हो ।

विदेश मन्त्रालयले भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ । यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुनः मूल्याङ्कन गर्दैन ।’

यो नियम जनवरी २१ देखि लागु हुनेछ । अमेरिकाले गैरआप्रवासी भिसा आवेदकले पनि अमेरिकामा सार्वजनिक सुविधा खोज्न सक्ने सम्भावनाबारे जाँच गर्न निर्देश भएको छ ।

यी हुन् ७५ देशहरुको सूचीः

१. अफगानिस्तान

२. अल्बानिया

३. अल्जेरिया

४. एन्टिगुवा र बारबुडा

५. अर्मेनिया

६. अजरबैजान

७. बहामास

८. बंगलादेश

९. बार्बाडोस

१०. बेलारुस

११. बेलिज

१२. भुटान

१३. बोस्निया

१४. ब्राजिल

१५. बर्मा (म्यानमार)

१६. कम्बोडिया

१७. क्यामरुन

१८. केप भर्डे

१९. कोलम्बिया

२०. कंगो

२१. क्युबा

२२. डोमिनिका

२३. इजिप्ट

२४. एरिट्रिया

२५. इथियोपिया

२६. फिजी

२७. गाम्बिया

२८. जर्जिया

२९. घाना

३०. ग्रेनाडा

३१. ग्वाटेमाला

३२. गिनी

३३. हाइटी

३४. इरान

३५. इराक

३६. आइभोरी कोस्ट

३७. जमैका

३८. जोर्डन

३९. काजाकिस्तान

४०. कोसोभो

४१. कुवेत

४२. किर्गिस्तान

४३. लाओस

४४. लेबनान

४५. लाइबेरिया

४६. लिबिया

४७. म्यासेडोनिया

४८. मोल्डोभा

४९. मंगोलिया

५०. मोन्टेनेग्रो

५१. मोरक्को

५२. नेपाल

५३. निकारागुआ

५४. नाइजेरिया

५५. पाकिस्तान

५६. गणतन्त्र कंगो

५७. रुस

५८. रुवाण्डा

५९. सेन्ट किट्स र नेभिस

६०. सेन्ट लुसिया

६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स

६२. सेनेगल

६३. सियरा लियोन

६४. सोमालिया

६५. दक्षिण सुडान

६६. सुडान

६७. सिरिया

६८. तान्जानिया

६९. थाइल्याण्ड

७०. टोगो

७१. ट्युनिसिया

७२. युगान्डा

७३. उरुग्वे

७४. उज्वेकिस्तान

७५. यमन

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np