Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

पार्टी एकतामा जोड दिने नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताका पक्षमा अपिल गरेको हो।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले पार्टीका अगाडि चुनौतीका पहाड रहेकोले एकतामा जोड दिने निर्णय भएको बताए।

जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ, निर्वाचन पनि आइरहेको छ, उनले भने, पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ।

निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसले पार्टीलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको छ।

आजको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह गरेको छ।

सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्याङ्कन गरेको उनले बताए।

आगामी दिन हाम्रो पार्टीलाई निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वास पनि छ, उनले भने।

प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी दर्ताको समय नजिक आएकोले आफूहरू उम्मेदवार चयनको प्रक्रियामा लागेको पनि उनले जानकारी दिए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np