Global Force Media

२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

उम्मेदवारी मनोनयन दर्ताको समय थप गर्न प्रमुख राजनीतिक दलहरुको निर्वाचन आयोगलाई आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसिमा थप गर्न प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको विवाद मूल कारणले मनोनयनको मिति सार्न लागिएको बताइएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको निर्णयविरुद्ध देउवा पक्ष रिट लिएर आज सर्वोच्च पुगेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा ( एमाले ), नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ), राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।

यद्यपि निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

उनले भने, ‘सबैजसो राजनीतिक दलले मनोनयन दर्ताको समय सीमा माघ ६ गतेबाट कम्तीमा पनि एक साता बढाएर माघ १५ देखि माघ मसान्तसम्म सार्न अनुरोध गर्नुभएको छ । आयोगले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ । अहिलेसम्म कुनै निर्णय गरेको छैन ।’

अहिलेसम्म निर्णय नलिए पनि बढीमा मनोनयन दर्ताको समय एक हप्ता सर्नसक्ने स्रोतले बतायो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np