Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

संयोग र इभानालाई उपाधि

ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते ।
स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला एकलमा ललितपुर वडा–१२ की इभाना थापामगरले संखुवासभाकी वियन्का राईलाई ११–८, ११–७, ११–३, ८–११, ९–११, ११–५ ले हराएर उपाधि जितिन् । यसैगरी, प्रतियोगितामा रनिङ शिल्ड ललितपुर–११ वडाले हात पार्‍यो ।
ललितपुर–११ ले दुई स्वर्ण र एक कांस्य पदक जितेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य तथा स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र सचिव ज्याकी महर्जन लगायतले विजेतालाई पुरस्कृत गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np