Global Force Media

२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

उपयुक्त समय आएपछि संविधान संशोधन गर्ने- केपी शर्मा ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्।

आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहेका ओलीले आइतबार दमकमा आयोजित एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोही सुन्नेवाला पनि नरहेको बताए ।

नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेला नै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराए । त्यस बेला परिस्थितिनै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने ,‘उपयुक्त समय आएपछि संशोधन हुन्छ जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिन्छ ।’

एमाले अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखेपछि केही तत्व समाज भाँड्न लागि परेको टिप्पणी गरे । रास्वपातर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घटना पनि यसैको उपज रहेको बताए ।

उनले भने,‘चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएका छन् यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य हुदैन।’

एमाले सधै जनताको बीचमा रहेको, जनताकै बीचमा हुर्किएको पार्टी भएकाले जनताका बीचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताए । तर जनताबाट अस्वीकृत हुने देखिएपछि त्यस्ता तत्व समाजमा साम्प्रदायिकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषयतर्फ लागेको ओलीको भनाई छ ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं.५ का उम्मेदवार रहेका ओली हाल आफनो निर्वाचन क्षेत्रमा व्यस्त छन् ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np