Global Force Media

२०८२ चैत्र १९ - Thu Apr, 2026 -

समाजसेवी मगराती र कँडेलले एसईई परिक्षामा सहभागी विद्यार्थीलाई व्यवस्था गरे नि:शुल्क बस सेवा

धादिङ । रोजगारीका लागि साउदीमा रहेका समाजसेवी एवम् नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका सचिव हरिभक्त मगराती र हाल रोजगारीकै शिलशिलामा कतारमा रहेका समाजसेवी सोम नाथ कँडेल ले बागमती प्रदेश धादिङ जिल्लाको ज्वालामुखी, ७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालय लार्ई केही आर्थिक भार कम हुने विश्वासका साथ विद्यालयको बैंक खाता मार्फत आर्थिक सहयोग गर्दै आज बाट सुरु भएको एसईई परिक्षामा सहभागी विद्यार्थीलाई नि:शुल्क बस सेवाको व्यवस्था गरि दिएका छन् ।

 

यी दुई विद्यालयको परिक्षा केन्द्र ज्वालामुखी ६ सुनखानी माध्यमिक विद्यालयमा परेको छ । परिक्षा केन्द्र सम्म आउन र जान विद्यार्थीहरुलाई सहज होस् भनेर आफुहरुले नि:शुल्क बस सेवाको सहजता स्वरुप आर्थिक सहयोग गरेको मगरातीले ग्वोवल फोर्स  अनलार्ईन न्युज लाई बताए ।

ज्वालामुखी ७ निवासी समाजसेवी मगरातीले गत साल २०८१ को एसईई परिक्षामा पनि सोही विद्यालयमा  नि:शुल्क बस सेवाको व्यवस्था गरेका थिए।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np