Global Force Media

२०८३ श्रावण १ - Fri Jul, 2026 -

ठमेलमा प्रहरी कुट्ने अखिल नेताविरुद्ध १४ दिनमै मुद्दा दर्ता

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताविरुद्धको काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गरेको हो ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनालाई प्रतिवादी बनाइएको छ । सामान्यतया प्रहरीले यस्तो कसुरमा २४ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्ने भए पनि सत्तारुढ दलनिकट विद्यार्थी संगठनका नेता जोशीको फाइल भने प्रहरीले दुई साता नपुग्दै अघि बढाएको थियो ।

जोशीका साथै गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको हो । उनीहरु मध्ये सौजन्य भने फरार छन् । उनलाई सरकारी वकिल कार्यालयले  प्रतिवादी बनाउँदै अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको हो ।

पहिलो पटक अभद्रको कसुर गरेकाको हकमा जिल्ला प्रशासन कार्यालय र दोस्रो पटकदेखि कसुर गरेकाको हकमा भने अदालतले मुद्दा हेर्ने व्यवस्था भएकोले सोही अनुसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाही भने पटके कसुरदार हुन् । उनीहरुविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरमा समेत मुद्दा चलेको थियो ।

यो मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासमा परेको छ ।

यो समूहले २४ माघको राति ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो ।

जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो-हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिदिएका थिए ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई उनीहरुले हिर्काएका थिए । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको थिए ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np