Global Force Media

२०८३ जेष्ठ १६ - Sat May, 2026 -

शिक्षामन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा  बिहान ८ः ५ बजेदेखि बैठक सुरु भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तकाे उपस्थितिमा वार्ता सुरु भएकाे मन्त्रालयले बताएकाे छ ।

वार्तामा  सरकारकाे तर्फबाट मन्त्री पन्त र  मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले  छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघकाे तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव मदनराज जोशी, महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।

मन्त्रालयले हिजो आन्दाेलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np