Global Force Media

२०८३ जेष्ठ १६ - Sat May, 2026 -

सातै प्रदेशका कृषि मन्त्री सिंहदरबारमा

काठमाडौं । सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठक सिंहदरबारमा बसेको छ । प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विषयगत समितिको बैठक बसेको हो ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना बनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए । ‘बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तहमार्फत् कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको छ । यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनुर्छ,’ मन्त्री अधिकारीले भने ।

मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको बताए । उनले विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे।

बैठकमा सातै प्रदेशका कृषि सँग सम्वन्धित सचिवहरुले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुती गरेका थिए ।

प्रदेशमन्त्रीहरुले आ–आफनो धारणा व्यक्त गरेका थिए । बैठकमा यस अघि वसेको नवौ बैठकले गरेका निर्णय कार्यन्वयनको समिक्षा भएको थियो । बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष, गाँउपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिव, सह–सचिव, प्रदेश कृषि सचिवहरूसँगै आयोजना प्रमुख, महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np