Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

काठमाडौँ- पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल र शीर्ष नेता हराउ अभियानमा लागेका छन् । उनी सुरुदेखि नै स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

तर, उनी आफैँले भने श्रीमतीलाई समानुपातिक उम्मेदवार बनाएका छन् । उनकी श्रीमती ललिता उपाध्याय सुमन सायमी नेतृत्वको ‘हाम्रो नेपाली पार्टी’ बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी छन् । उनलाई खसआर्यतर्फ ललितपुरबाट बन्दसूचीको दोस्रो नम्बरमा सिफारिस गरिएको छ । उनको मतदाता नम्बर ५७८५३८३ रहेको छ ।

प्रमुख दल र तिनका नेताहरूको सत्तोश्राप गर्ने उपाध्यायले श्रीमतीलाई सांसद बनाउनकै लागि स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्ने गरेको तथ्य खुलेको छ । 

सुरु-सुरुमा सुमन सायमी स्वतन्त्र उम्मेदवार भन्दै प्रचारप्रसारमा लागेका थिए । तर, उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन उनले काठमाडौँ ८ बाट प्रतिनिधि सभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । 

पूर्वप्रशासक उपाध्यायले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुमन सायमी र बालेन्द्र साह ‘बालेन’को निकै प्रचारप्रसार गरेका थिए । सायमी काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार थिए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कार्यशैलीको उपाध्यायले विरोध गर्दै आएका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा बालेनले सुमन सायमीको प्रचार गर्ने अपेक्षा उपाध्यायलाई थियो । तर, बालेन कतै कुनै उम्मेदवारको पक्षमा देखिएका छैनन् । त्यही भएर उपाध्यायले बालेनको विरोध गर्न थालेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np