Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

विपक्षी दल रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए ।

उनले भिजिट भिसाका नाममा मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानविन समितिको माग गरे ।

राप्रपाकी सांसद बिना लामाले पनि भिजिट भिसा प्रकरणको छानविन गर्न सरकारले नचाहेको भन्दै भिजिट भिसा प्रकरणमा जबसम्म उच्चस्तरीय छानविन समिति गठन हुँदैन तबसम्म संसदमा आफ्नो विरोध जारी रहने बताइन् ।

दुवै दलका सांसद बोलेपछि दुवै पार्टीका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np