Global Force Media

२०८१ जेष्ठ ९ - Wed May, 2024 -

शिक्षकले विद्यालय बन्द गरेर आन्दोलनमा गए काठमाडौँमहानगरले कारबाही गर्ने

काठमाडौँ– काठमाडौँ महानगरापलिकाले विद्यालयका शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलनमा गएको पाएमा कारबाही गर्ने भएको छ ।

शिक्षकले आन्दोलनका नाममा स्कुल बन्द गरे उनीहरूलाई कारबाही गर्नलाई शिक्षा विभागलाई निर्देशन दिएको महानगरपालिकाका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइँले इकागजलाई बताए ।

‘आन्दोलनका नाममा  स्कुल बन्द गर्न कहीँ पनि पाइँदैन,’ उनले भने, ‘महानगरमा लाखौँ विद्याथी पढ्छन् । उनीहरूको पढ्ने अधिकार बञ्चित गर्नु हुँदैन । विद्यालय बन्द गरेर गएको पाइए उनीहरूलाई सँधैका लागि विद्यायल बन्द गर्न विभागलाई निर्देशन दिइएको छ ।’  विद्यालय समयमा बाधा नपु¥याइ वा आफ्नो समयका पठनपाठन गराएर जाने शिक्षकलाई भने रोक नलगाइएको उनले बताए ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा रहेका विभिन्न प्रावधानमा असहमति जनाउँदै नेपाल शिक्षक महासंघले १८ वटा माग राखेर बुधबारबाट आन्दोलनको सुरुवात गरेको हो ।  उक्त आन्दोलन रोक्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार वार्ताका आह्वान गरेको थियो । तर महसंघले मन्त्रालयसँग वार्ता गर्न अस्विकार गरेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np