Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर दिए देउवाले बधाई

प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर दिए देउवाले बधाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।

सभापति देउवाले आज फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन्।

सभापति देउवाले फोन गरेर प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

‘सभापति देउवा र कांग्रेसका नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिनुभएको छ,’ पेरिसडाँडामा आज पत्रकारहरूसँगको कुराकानीमा महराले भने, ‘कांग्रेसका नेताहरूले प्रचण्डलाई बधाई दिँदै तपाईं हाम्रो पनि प्रधानमन्त्री हो भन्नुभएको छ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np