Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

सुनसरीका तीन किसान पुरस्कृत

सुनसरीका तीन किसान पुरस्कृत

सुनसरी । सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो ।

इनरुवामा मकै उत्पादन गर्दै आएका हरिप्रसाद मेहता र केरा उत्पादन गर्ने पावर्ती मेहता तथा भोक्रहा नरसिंहका गोलभेँडा उत्पादन गर्ने किसान दाउद अन्सारी पुरस्कृत भएका हुन् । एकता किसान कृषि सहकारीले शुक्रबार आयोजना गरेको कृषि उत्पादन प्रदर्शनीमा तीनैजनालाई सम्मानित गरिएको थियो ।

सहकारी अध्यक्ष डा। सदानन्द साहका अनुसार आधुनिक कृषिजन्य उपकरण प्रयोग गरेर उत्पादन बढाएर कृषिमा आत्मनिर्भर भएका किसानलाई सम्मान गरिएको हो । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np