२०८२ असार २३, सोमबार १२:५४ गते | राजनीति समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ : ३० बजे बस्ने गरि सारिएको हो ।
१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राखेर निर्णयसहित बैठक सकिने छ ।
बैठकमा छलफलका लागि १२ एजेण्डा तय गरिएको थियो ।