Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

एनिपएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो

काठमाडौँ – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाई ५ विकेट गुमाएर उसले एनपिएलको उपाधि हासिल गरेको हो ।

त्रिभुवन विश्वविद्यालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्ट्स ५ विकेटले विजयी भएको हो ।

आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

पावर प्लेमा नै ८७ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शनको सुरुवाती गरेको थियो ।

आशिफ शेख ३३ रनमा आउट भए भने भने मोहम्मद मोहसिन ९ रनमा आउट भए भने जेम्स निसम यो पटक आश्चर्यतरिकाले ४ रन बनाएर आउट हुनु परेको थियो ।

सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।

सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए।

उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३/३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १/१ विकेट लिएका थिए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np