Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि भोलि संसद्‍मा छलफल

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि भोलि संसद्‍मा छलफल

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि भोलि संसदमा छलफल हुने भएको छ । संघीय संसद सचिवालयले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठक सम्भावित दैनिक कार्यसूचीमा प्रन्या जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरेको छ ।।

यसअघि गत साल २०७८ फागुन १९ गतेको संसद बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रन्या जबराविरुद्ध महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । तर लामो समयसम्म उक्त प्रस्तावमाथि संसदमा छलफल नगरी गुपचुप राखिएको छ ।

आइतबारको संसद बैठकमा भने उक्त महाभियोगको प्रस्तावमाथि छलफल हुने कार्यसूचि तय गरिएको छ । संसदमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा रहेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np