Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष निर्माण

विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा गल्फ कोर्ष निर्माण भएको हो । ‘मुस्ताङ गल्फ कोर्ष’ नाम दिएको छ । यसअघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ ।

गल्फ कोर्ष ९ होलको रहेको उक्त गल्फ कोर्षमा आगामी भदौमा ‘टप अफ दी वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना हुने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले जानकारी दिए । प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना हुने प्रतियोगितामा कुल २८ गल्फरले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ जना महिला गल्फर रहेका छन् ।

प्रतियोगिता स्टेबल फर्म्याट ३र४ ह्यान्डीक्यापको आधारमा हुने छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np