Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

विपक्षी दलहरुले मागे भौतिक पूर्वाधारमन्त्रीको राजीनामा

६ फागुन माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।

विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे ।

‘पुस १३ गते सिंगो देशलाई शोकमा डुबाउने घटना भयो । सरकारले आयोग बनायो । आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भयो र दुई युवकको मृत्यु भयो भन्ने छ,’ बर्तौलाले भने ।

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शन भएको थियो । त्यसक्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका भएको थियो ।

उक्त घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनले बर्खास्तीको माग गरे । ‘आयोगले सरकारको मन्त्री दोषी भन्यो । तर, मन्त्री पदमा बहाल हुनुहुन्छ । त्यसकारण घटनामा जोडिएका मन्त्रीलाई अविलम्ब हटाइयोस् । बर्खास्त गरियोस्,’ उनले भने ।

त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागे ।

‘छताछुल्ल प्रमाण भएको व्यक्ति कारबाहीमा नपरेको’ भन्दै उनले सरकारको नियतमाथि नै शंका लागेको पनि बताए ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई हटाउन माग गरे ।

‘छानबिन आयोगले मन्त्री ज्वाला दोषी ठहर गरिसकेको छ । उनलाई मन्त्रीबाट हटाउन राप्रपा माग गर्दछ,’ उनले भने ।

रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले मन्त्री प्रकाश ज्वाला चढेको गाडी समेत जलाइदिएका थिए । प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला झन्डा हल्लाउँदै घटनास्थल पुगेर परिस्थितिलाई भड्काएको ठहर गरेको बताइन्छ ।

प्रदर्शनमा मन्त्री ज्वाला नगएको भए अवस्था गम्भीर नबन्न सक्ने छानबिन समितिको निष्कर्षलाई आधार मानेर विपक्षी दलहरुले मन्त्री ज्वालाको नैतिकताको आधारमा राजीनामा माग गरेका हुन् ।

आफैंले राजीनामा नदिए मन्त्री ज्वालालाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np