Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरिएको छ । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई सोमबार नेपाल क्रिकेट एसोसिएसन ९क्यान० ले प्रशिक्षकमा नियुक्त गरेको हो ।

नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका प्रभाकरसँग अफगानिस्तान, रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको प्रशिक्षक भई जिम्मेवारी सम्हालेको अनुभव छ । प्रभाकरलाई एक वर्षका लागि प्रशिक्षकको रुपमा अनुबन्ध गरिएको क्यानले जनाएको छ ।

सन् १९९९ मा खेल मिलेमतो गरेको विवादमा मुछिएका प्रभाकरलाई त्यतिबेला भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाइएको थियो । यस्तै, प्रभाकरलाई दिल्ली क्रिकेट टिमले खेलाडी र छनोटकर्ताको विषयमा आलोचना गरेको भन्दै प्रशिक्षकबाट पनि हटाएको रेकर्ड छ । त्यसपछि प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजेका थिए । तर, सफल भएनन् ।

गत साउन ४ गते नेपाली टिमका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद खाली थियो। सोमबार क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np